ट्रेण्डिङ

होमपेज / खेलकुद

लिग-२ को सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो स्थानमा सन्दीप

नेपालगाथा २०७९ फाल्गुण ५ गते शुक्रबार ११:४२:०७ मा प्रकाशित

काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो स्थानमा उक्लिएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका क्रममा स्कटल्यान्डविरुद्ध २ विकेट हात पारेपछि सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो स्थानमा उक्लिएका हुन् ।

सन्दीपले २२ खेलमा ४७ विकेट हात पारिसकेका छन् । उनी अहिले स्कटल्यान्डविरुद्ध बलिङ गरिरहेका छन् । लिग-२ मा ५० विकेट पुरा गर्न सन्दीपलाई केवल ३ विकेटको आवश्यकता रहेको छ ।

लिग-२ मा ३५ खेलमा  ओमानका विलाल खानले सर्वाधिक ७६ विकेट तथा अमेरिकाका सौरभ नेत्रभाल्कारले ५८ विकेट हात पारेका छन् । सन्दीप तथा ओमानकै जिसन मक्सुदले समान ४७-४७ विकेट हात पारेका छन् ।

नेपालकै करण केसीले ४२ विकेट हात पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top