ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल आज

नेपालगाथा २०७९ फाल्गुण ३ गते बुधबार १०:३४:५६ मा प्रकाशित

काठमाडौँ ।  भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले घरेलु टोलीविरुद्धको पहिलो मैत्रीपूर्ण खेल आज खेल्दैछ । नेपाल र भारतबीचको पहिलो खेल चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ ।

एन्जिला सुब्बाको कप्तानीमा रहेको नेपालले घरेलु टोलीलाई उसैको मैदानमा पराजित गर्ने योजनामा हुनेछ । अर्कोतर्फ भारत भने साफ च्याम्पियनसीपमा भोगेको पराजयको बदला लिने दाउमा हुनेछ । गत भदौमा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसीपको सेमिफाइनलमा नेपालले भारतलाई १-० ले पराजित गरेको थियो ।

नेपाल र भारतबीचको दोस्रो खेल शनिबार हुने तालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top