ट्रेण्डिङ

होमपेज / खेलकुद

बन्द प्रशिक्षणका लागि क्रिकेटर सन्दीप लामिछानेसहितको टिम घोषणा,अरू काे काे?

नेपालगाथा २०७९ माघ १९ गते बिहीबार १९:५२:१० मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणका लागि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसहितको टिम घोषणा गरेको छ ।

क्यानले आईसीसी क्रिकेट विश्वकप लिग–टुअन्तर्गत नेपालसँगै, स्कटल्यान्ड र नामिबियाबीचको त्रिदेशीय क्रिकेट सिरिजका लागि दोस्रो चरणकाे २० सदस्यीय टिम घाेषणा गरेकाे हाे। बलात्कार आरोपको मुद्दामा धरौटीमा रिहा भएका सन्दीपमाथिको निलम्बन क्यानले गएको मंगलबार फुकुवा गरेको थियो ।

यही सिरिजका लागि सन्दीपलाई खेलाउने तयारीसहित टिममा पारेको हो । सन्दीपसहित टिममा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी छन् । त्यस्तै, ललितनारायण राजवंशी, सन्दीप जोरा, भीम सार्की, प्रतिश जिसी, कमलसिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी र अर्जुन साउद छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top