ट्रेण्डिङ

होमपेज / खेलकुद

क्यान बोर्ड बैठकः अध्यक्षको राजीनामा माग्दै क्यानका ७ केन्द्रीय सदस्यले गरे बैठक बहिष्कार

नेपालगाथा २०७९ माघ १७ गते मंगलबार १६:३४:३२ मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेपछि क्यानको बोर्ड बैठक अघि बढ्न सकेको छैन ।

मंगलबार पोखरामा बैठक सुरु भएलगत्तै क्यान असुन्तुष्ट टोलीको नेतृत्व गर्दै क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतमले अध्यक्ष चतुरबहादुर चन्द र कार्यसम्पादन समितिको राजीनामा माग गरेका हुन् । बोर्ड बैठकमा उनीहरूले अध्यक्ष चन्दसहित, कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदक खड्काको राजीनामा माग गरेका हुन् ।

असन्तुष्ट समूहमा ऋषिराम गौतमसहित दाउद अन्सारी, सञ्जयराज सिंह, करन महतरा क्षेत्री, अमित विर पाण्डे, छुम्वी लामा र धर्मराज गिरी छन् । नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरुले अध्यक्षको राजीानामा माग गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top