ट्रेण्डिङ

होमपेज / खेलकुद

स्पट फिक्सिङमा क्यानलाई दोषी देखाउंँदै केन्द्रीय सदस्यले मागे अध्यक्षसहित पदाधिकारीको राजीनामा

नेपालगाथा २०७९ माघ १५ गते आइतबार १५:२०:२१ मा प्रकाशित

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) का ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित ५ जनाको राजीनामा मागेका छन्। 

क्यानका केन्द्रीय सदस्यहरु रिसिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष चतुरबहादुर चन्द, कार्यबहाक सचिव प्रशान्तविक्रम मल्लसहितको राजिनामा मागेका हुन्। लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्टार स्पोर्टस्सँग गरिएको सम्झौताका कारण स्पट फिक्सिङ भएको भन्दै केही केन्द्रीय सदस्यहरूले नेतृत्व जिम्मेवार रहेको बताएका छन्। उनीहरूले नेपाली टी– २० लिगको मुख्य दोषी क्यानको कार्यसम्पादन समिति र गभर्निङ काउन्सिलका सदस्य रहेको दाबी गरेका छन् । 

‘एउटा जिम्मेवार संस्थाको जिम्मेवार पदाधिकारीले गल्ती स्वीकार गरेर मात्र पुग्दैन। उहाँले त्यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ। नेपाल क्रिकेट संघ (क्यान) को कार्यसम्पान समिति यसको भागिदार हुनुपर्छ। कार्यसम्पादन समितिमा रहेका चतुरबहादुर चन्द, प्रशान्त मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ,’ उनीले जारी गरेको विज्ञप्तिमा छ। 

आ–आफ्ना पदबाट राजीनामा दिएर छानबिनमा सघाउन आग्रह गरेका उनीहरूले नेपाली क्रिकेटलाई जोगाउन दोषीलाई कारबाही गर्न जोडदार माग गरेका छन् ।  

‘पदाधिकारीको गल्तीको भागीदार नेपाल क्रिकेट संघ हुन सक्दैन। त्यसैले हामी नेपाल क्रिकेट संघलाई होइन कार्यसम्पादन रहेका पाँच जनालाई निलम्बन गरी कारबाहीको माग गर्छौं। स्पट फिक्सिङ जस्तो गम्भीर अपराध हुँन दिनको लागि बाटो खोल्दिने कार्यसम्पादन समितिका सदस्यलाई पनि कारबाही हुनु पर्छ,’ उनीहरुले भने, ‘यस्तै नेपाल टी-२० लिगको गभर्निङ काउन्सिलका संयोजक प्रशान्त मल्ल, सदस्यहरु दुर्गाराज पाठक, भानुभक्त सिग्देल, अशोक मल्होत्रा र सेभेन थ्रीका जतिन पनि दोषी भएको हाम्रो ठम्याइ छ। त्यसैले गभर्निङ काउन्सिल पनि कारबाहीको दायारामा आउनु पर्छ।’

साझेदार कम्पनी नै फिक्सिङमा संलग्न हुनुको मूख्य दोष क्यान नेतृत्वको भएको सात केन्द्रीय सदस्यको आरोप छ।

यसअघि क्यानका अध्यक्ष चन्दसहितका पदाधिकारीले माघ १२ गते पत्रकार सम्मेलन गरेर प्रतियोगितामा सन्चालनमा गल्ती भएको स्वीकारेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top