होमपेज / खेलकुद
काठमाडौं । नेपालकी सुष्मा तामाङले थाइल्यान्डको बैंककमा भएको एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने सुनौलो मौकाबाट चुकेकी छन् ।
तामाङले यू–२२ बक्सिङ च्याम्पियनशिपमा रजत पदक भने जितिन् । नेपाली बक्सिङको इतिहासमा सुष्मा फाइनलमा पहिलो पटक पुगेको र एसियाली च्याम्पियनशिपमा नेपालले रजत पदक जितेको पनि यो पहिलो पटक हो । यसअघि, एसियन गेम्समा नेपाली खेलाडीले कास्यपदक जितेका थिए ।