ट्रेण्डिङ

होमपेज / खेलकुद

खेलाडीलाई सम्मान र खेलकुद सामाग्री वितरण 

नेपालगाथा २०७९ माघ ६ गते शुक्रबार २३:२१:०२ मा प्रकाशित

सुर्खेत । वीरेन्दनगर नगरपालिका वडा नं. ३ सुर्खेतले आज एक कार्यक्रमका बीच खेलाडीलाई सम्मान गर्नुका साथै खेलकुद सामाग्री वितरण गरेको छ ।

वीरेन्दनगर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विनाेदसिंह विष्टले खेलाडीहरू देशका गहना भएकाले उनीहरूलाई सम्मानका साथै माया समेत गर्नुपर्ने बताउनुभयाे । साथै उहाँले आफू पनि खेल क्षेत्रबाट आएकाेले खेल क्षेेत्रलाई सधै माया गर्ने बताउनुभयाे ।

अध्यक्ष बिष्टले खेलाडीलाई सम्मान पत्रका साथै खेलकुद समाग्रीहरू फुटबल, व्याट, बल लगायतका खेल समाग्री हस्तान्तरण गर्नु भएकाे भियाे ।

उक्त कार्यक्रममा वडा सचिव भीमबहादुर खड्का, समाजसेवी शशीराम आचार्य, बलिराज शाही, दलवीर खड्का, राज बहादुर खड्का लगायतका व्यक्तिकाे उपस्थिति रहेकाे थियाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top