होमपेज / खेलकुद
काठमाडौं । नेपाल टी–२० लिगको फाइनलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किङ्सलाई १३४ रनको लक्ष्य पेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी अल स्टार्सले १९.३ ओभरमा नाै विकेट गुमाउँदै एक सय ३३ रन बनायो ।
सुरुवात राम्रो गरे पनि मध्यक्रममा ब्याटरहरुको प्रदर्शन अपेक्षाअनुसारको नहुँदा लुम्बिनी १३३ रनको कमजोर योगफलमा सिमित भयो ।