ट्रेण्डिङ

होमपेज / खेलकुद

सीआईबीको प्रारम्भिक निष्कर्ष:नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको हाे

नेपालगाथा २०७९ पौष २४ गते आइतबार १५:५२:५७ मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भइरहेको नेपाल टी–२० लिगमा ‘फिक्सिङ’, ‘स्पट फिक्सिङ’को आरोप लागेपछि विभिन्न निकायको अनुसन्धान जारी छ ।

 टी-२० लिगमा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रारम्भिक निष्कर्ष निकालेको छ ।सुरुमा कमेन्ट्री टिममा रहेका सचिन तिमल्सिनाले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै लिगमा आफूले स्पट फिक्सिङको अनुभव गरेको बताएका थिए । र, प्रतियोगिताबाट बाहिरिने घोषणा गरेका थिए ।

गृहमन्त्री रवि लामिछानेले गत मंगलबार नेपाल टी–२० लिगमा भइरहेको भनिएको बेटिङ, सम्भावित फिक्सिङ र श्रम स्वीकृति विना विदेशी खेलाडी खेलाएकोबारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top