ट्रेण्डिङ

होमपेज / खेलकुद

"क्रान्तिकारी कप" भलिबल प्रतियोगिताको विजेता 'ग्राजुयट स्कुल अफ ल'

नेपालगाथा २०७९ पौष २२ गते शुक्रबार १९:२५:१२ मा प्रकाशित

सुर्खेत । अन्तर संकाय स्तरीय प्रथम "क्रान्तिकारी कप" भलिबल प्रतियोगिताको प्रथम स्थान 'ग्राजुयट स्कुल अफ ल' ले आफ्नो पोल्टोमा पारेको छ।

व्यवस्थापन संकायलाई सेमी फाइनलमा पराजित पार्दै फाइनलमा पुगेको 'ल' संकायले कम्प्युटर इन्जिनियरिङ संकायलाई पराजित गर्दै विजय भएको हाे।

अनेरास्ववियू (क्रान्तिकारी) ले विद्यार्थीहरुको मनोभावनालाई मध्यनजरमा राखेर विद्यार्थीको अतिरिक्त क्षमतालाई प्रस्तुत गर्ने मुख्य उदेश्यका साथ आयोजना गरेको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको अनेरास्ववियु क्रान्तिकारी मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समितिका प्रमुख सचिव दिपेन्द्रजंग शाहीले जानकारी दिएका छन्।

- प्रकाश काफ्ले, प्रशिक्षार्थी पत्रकार

प्रतिक्रिया

सम्बन्धित खवर

Top