होमपेज / खेलकुद
काठमाडौं । जारी नेपाल टी-२० लिगमा ‘म्याच फिक्सिङ’/‘स्पोट फिक्सिङ’ का बारेमा केहीदिन यता विभिन्न समाचार आएपछि नेपाल क्रिकेट संघ (क्यान) ले मुख खोलेको छ ।
क्यानले म्याच फिक्सिङ र स्पोट फिक्सिङको विषयमा कुनै प्रमाणहरु फेला परे क्यानलाई बुझाइदिन आग्रह गरेको छ। बुधबार एक विज्ञप्तिमार्फत क्यानले मंगलबार देखि म्याच फिक्सिङको विषय झनै उग्र रुपमा चलेको र क्यानमा म्याच फिक्सिङ भयो भन्ने कुरा भ्रामक भएको जनाएको छ। नेपाल टी-२० मा स्पट फिक्सिङ भएको आशंका गर्दै कमेन्टेटर सचिन तिमिल्सिनाले हिजो फेसबुक लाइभ गरेपछि विवाद उब्जिएको थियो ।
क्यानको विज्ञप्तिमा भनिएको छ, ‘म्याच फिक्सिङ भयो भन्ने हल्ला भ्रामक हो। यदि यो विषयमा कुनै प्रमाण भए क्यानलाई बुझाएर सहयोग गरिदिनु होला।