ट्रेण्डिङ

होमपेज / खेलकुद

हाम्रो टीमका एक खेलाडीलाई फिक्सरले अप्रोच गरेका थिए:ज्ञानेन्द्र मल्ल

नेपालगाथा २०७९ पौष १९ गते मंगलबार १४:०९:५० मा प्रकाशित

 काठमाडौं । नेपाल टी–२० लिग खेलिरहेको काठमाडौं नाइट्स क्लबका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएका छन् ।

आज सञ्चारकर्मीसँग कुरा गर्दै मल्लले आफ्नै टीमका एक खेलाडीलाई फिक्सरले अप्रोच गरेको बताए । यस विषयमा अनुशासन समितिमा आफूहरुले रिपोर्टसमेत गरेको उनले जानकारी दिए । ‘अरुको टिमको कुरा थाहा भएन हाम्रो टिमको एउटा प्लेयरलाई अप्रोच गरेको थियो। एज पर रुल हामीले त्यो एसीयू (एन्टी करप्सन युनिट) मा एड्रेस गरेका छौं ।’ उनले अघि भने, ‘अप्रोच (प्रस्ताव) र फिक्सिङ फरक कुरा हो । अप्रोच गर्‍यो भन्दैमा (फिक्सिङ) गर्छ भन्ने नै हुँदैन । तैपनि हामीले रिपोर्ट गरेका छौं, यसलाई एसीयूले टेक केयर गरिसकेको छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top