होमपेज / खेलकुद
काठमाडौं । विश्वकप फुटबलको उपाधि अब छिनोफानो हुने क्रममा छ ।
फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपरलाई गोल्डेन ग्लोभ्स प्रदान गरिने गरिन्छ ।३२ राष्ट्रले सुरु गरेको यात्रा अन्तिम १६, ८, ४ हुँदै अब फाइनलमा पुगेकाे छ।
उत्कृष्ट गोलकिपरलाई दिइने गोल्डेन ग्लोभ्स अर्थात सुनको पन्जा कसले जित्ला भन्ने अडकलबाजी समेत चलिरहेको छ । सेमिफाइनल पुगेका चारै टोलीका गोलकिपर ‘गोल्डेन ग्लोभ्स’ जित्ने दौडमा सामेल भएका छन् । सन् २०१८ को गोल्डेन ग्लोभ्स बेल्जियमका थिबाउ कोर्टुवाले जितेका थिए।
यी हुन् अहिलेसम्मका विजेता
१९९४ – मिचेल प्रिउड होम (बेल्जियम)
१९९८ – फाबियन बार्थेज (फ्रान्स)
२००२ – ओलिभर कहान (जर्मनी)
२००६ – जियानलुजी बफोन (इटली)
२०१० – इकर कालिलास (स्पेन)
२०१४ –मानुएल नोएर (जर्मनी)
२०१८ – थिबाउट कोर्तवा (बेल्जियम)