होमपेज / खेलकुद
काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकपमा आज क्रोएसियार मोरोक्कोबीच खेल हुँदैछ ।
खेल राति ८ : ४५ बजे सुरु हुनेछ ।सेमीफाइनलमा पराजित क्रोएसिया र मोरक्कोबीच तेस्रो स्थानका लागि आज खेल हुन लागेको हो । क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले र मोरक्को फ्रान्ससँग २–० ले पराजित भएको थियो ।
यी दुवै टोलीको समूह चरणमै भेट भएको थियो । उक्त खेल बराबरी गर्दै दुवै टिमले अंक बाँडेका थिए । क्रोएसिया साविकको उपविजेता हो भने मोरोक्को पहिलो पटक सेमिफाइनलसम्म पुगेको राष्ट्र हो ।