होमपेज / खेलकुद
काठमाडौं । विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएसँगै पोर्चुगलका प्रशिक्षक फर्नान्डोज सान्तोषले टिमको जिम्मेवारी छाडेको पोर्चुगल फुटबल संघले जनाएको छ।
पोर्चुगलकको इतिहासमै सफल प्रशिक्षक बनेका ५८ वर्षीय सान्तोसले कतारमा जारी विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले पराजित हुँदै बाहिरिएपछि टिमको जिम्मेवारी छोडेका हुन् ।
सन् २०१४ देखि पोर्चुगलको प्रशिक्षक रहेका सान्तोसले पोर्चुगललाई २०१६ को युरो कप उपाधि दिलाएका थिए। यस्तै २०१९ को युइएफए नेसन्स लिग पनि जिताएका थिए।
“एफपीएफ र सान्तोसबीच २०१४ देखि सुरु भएको उच्च सफल यात्रा समाप्त गर्ने सहमति भएको छ । कतारमा जारी विश्वकपमा राष्ट्रिय टिमको राम्रो सहभागितापछि एफपीएफ र सान्तोस पोर्चुगलको नयाँ यात्राको सुरुआतका लागि यो सही समय भएको निस्कर्षमा पुगेको हो,” एफपीएफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “फर्नान्डो सान्तोसजस्तो प्रशिक्षक पाउँनु पोर्चुगलका लागि सम्मानको कुरा हो । पछिल्लो आठ वर्षयता सान्तोस र उनको प्राविधिक टिमले पुर्याएको योगदानप्रति एफपीएफ धन्यवाद दिन चाहन्छ ।”