ट्रेण्डिङ

होमपेज / खेलकुद

इतिहास रच्दै सेमिफाइनलमा पुगेकाे मोरक्को

नेपालगाथा २०७९ मंसिर २५ गते आइतबार १५:३६:२५ मा प्रकाशित

काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको विश्वकप उपाधि जित्ने सपना तुहाइदिँदै मोरक्को शनिबबार अल थुमामा रंगशालामा १–० को जित रच्दै विश्वकप इतिहासमै सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम भएको छ ।

पहिलोपटक अफ्रिकन राष्ट्र विश्वकपको सेमिफाइनलमा पुग्दै इतिहास बनाउँदा मोरोक्कोले केही यस्ता रोचक तथ्य पनि बनाएको छ । विश्वकप सुरु हुनुअघि मोरोक्कोलाई कमजोर टिमको रुपमा लिइन्थ्यो । हुन पनि मोरोक्कोले यो विश्वकपभन्दा अघिको प्रदर्शन विर्सन लायक नै छ ।

यसअघि अफ्रिकन टिमको विश्वकपमा उत्कृष्ट नतिजा क्वार्टरफाइनलमा मात्र पुग्नु थियो। यसअघि क्यामरुन, घाना र सेनेगलले अन्तिम आठमा पुगे पनि सेमिफाइनलमा पुगेर इतिहास बनाउन भने चुकेका थिए।

कतारमा जारी विश्वकप फुटबलमा मोरक्कोले सनसनी मच्चाइरहेको छ। अरू देशका खेलाडीमात्र होइन समर्थक र मिडियामा पनि विश्वकप सुरू हुनुभन्दा महिनौं पहिलादेखि उनीहरूको चर्चा हुन्छ। मोरक्कोलाई त मानिसहरूले समूह चरणका खेल सुरू भइसके पनि धेरैले यहाँसम्म पुग्ला भन्ने कल्पना पनि गरेका थिएनन्।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top