होमपेज / खेलकुद
काठमाडौं । कतारमा जारी विश्वकपमा ६४ मध्ये ५६ खेल सकियो । अब ८ खेल बाँकी छ । क्वार्टरफाइनल पुग्ने ८ मध्ये ४ टिम पूर्व विजेता छन् । यसबाहेक अन्य दुई टिमले यसअघि फाइनल खेलेपनि उपाधि जित्न सकेका छैनन् ।
आज (शुक्रबार) क्वार्टरफाइनलका दुई खेल हुँदै छन् ।अन्तिम आठको आज हुने पहिलो खेलमा ब्राजिलले साविक उपविजेता क्रोएसियाको सामना गर्दै छ । कतारको एजुकेसन सिटी रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।
आजै हुने दोस्रो क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । कतारको लुसैल रंगशालमा हुने यो खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।