होमपेज / खेलकुद
काठमाडौं । स्पेनले टिमका मुख्य प्रशिक्षक लुइस एनरिकलाई बर्खास्त गरेको छ।
प्रिक्वार्टरफाइनलमा मोरक्कोलाई सहज पराजित गर्ने पूर्वानुमान विपरीत स्पेन मोरक्कोसँग टाइब्रेकरमा पराजित भएको थियो । लगत्तै स्पेनिस फुटबल संघले एनरिकेलाई बर्खास्त गरेको हो ।
संघले निकालेको बिज्ञप्तिमा भनेको छ, ‘लुइस एनरिक र उनको प्रशिक्षण टिमलाई हामी धन्यवाद भन्छौं ।’सन् २०१८ देखि स्पेनिस टोलीको नेतृत्व गरिरहेका ५२ वर्षका उनले २०२० को युरो कपमा टोलीलाई सेमिफाइनलसम्म पुर्याएका थिए ।