होमपेज / खेलकुद
काठमाडौं । अन्तिम खेलमा बिहीबार स्कटल्यान्डसँग ८ विकेटले पराजित भएसँगै आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि नामिबिया भ्रमणमा गएको नेपाल जितविहीन बनेको छ ।
नामिवियामा जारी शृंखलामा यसअघिका तीन खेलमा जित निकाल्न नसकेको नेपाल बिहीबार पनि स्कटल्याण्डसँग निरिह रह्यो ।नामिबियाको विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १२० रनको सामान्य लक्ष्य स्कटल्यान्डले १७ ओभरमै दुई विकेट गुमाएर पूरा गर्याे ।
यसअघि युनाइटेड क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ३५.३ ओभरमा ११९ रन बनाउँदै अल आउट भएको हो ।