ट्रेण्डिङ

होमपेज / खेलकुद

कतारमा भइरहेको फिफा विश्वकप २०२२ को क्वाटरफाइनल समीकरण पूरा

नेपालगाथा २०७९ मंसिर २१ गते बुधबार १२:५८:३१ मा प्रकाशित

काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ को क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

मंगलबार राति भएका दुई खेल सकिएसँगै कवाटरफाइनल समीकरण पूरा भएको हो।मंगलबार राति भएको खेलबाट स्वीट्जरल्यान्डमाथि जित निकाल्दै पोर्चुगल र स्पेनविरुद्ध विजयी हुँदै मोरक्को अन्तिम आठमा पुगेका हुन्। यी दुई खेल सकिएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो। अन्तिम आठमा पोर्चुगल र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ।

युरोपबाट नेदरल्याण्ड्स, इंग्ल्याण्ड, फ्रान्स, क्रोएसिया र पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गर्दा दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना क्वाटरफाइनल पुगे ।क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिलसँग पहिलो खेल खेल्नेछ । नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच दोस्रो क्वाटरफाइनल हुनेछ । यी दुई खेलको विजेता सेमिफाइनलमा भिड्नेछन् ।

तेस्रो र चौंथो क्वाटरफाइनलको खेल शनिबार हुनेछ। शनिबारको पहिलो खेलमा फ्रान्स र इङ्ल्यान्ड तथा अन्तिम खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top