होमपेज / खेलकुद
काठमाडौं । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणको अन्तिम चार खेल हुँदैछ।
आज विश्वकपमा समूह ‘जी’ र ‘एच’ का समान दुई–दुई खेलहरु हुँदैछन् ।समूह एचमा रहेको पोर्चुगल र दक्षिण कोरिया तथा घाना र उरुग्वे बीचको खेल राति पौने ९ बजे सुरु हुनेछ।
आजै हुने समूह ‘जी’ को खेलमा ब्राजिलले क्यामरुनविरुद्ध खेल्दै छ । कतारको लुसैल रंगशालामा हुने यो खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।यस्तै, यही समयमा अर्कोतर्फ यही समूहका सर्विया र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल रंगशाला ९७४ मा हुनेछ ।