होमपेज / खेलकुद
काठमाडौं । एसियन टिम जापान फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ।
सनसनीपूर्ण खेलमा स्पेनमाथि २-१ गोलअन्तरको जित निकाल्दै जापान फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको हाे।जापानले आफू १६ मा पुग्ने क्रममा दुई विश्व विजेतालाई हराउने इतिहास बनायो। यसअघि जापानले पहिलो खेलमा जर्मनीलाई पनि २-१ ले हराएको थियो। जापान अन्तिम १६ मा पुगेसँगै जर्मनी भने बाहिरियो।
६ अंकसहित समूह विजेता बनेको जापानले समूह एफको उपविजेता क्रोएसियासँग क्वाटरफाइनल प्रवेशका लागि खेल्नेछ ।