होमपेज / खेलकुद
काठमाडौं । पूर्व विश्वविजेता जर्मनी फिफा विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएको छ।
दोहाको अल बायेट रंगशालामा कोष्टारिकामाथि ४-२ गोलअन्तरको शानदार जित निकाले पनि समूहकै अर्को खेलको नतिजा अप्रत्यासित आउँदा जर्मनी अभागी देखिएको हो । जापान विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन् । जापानसँग २–१ गोलले पराजित भएपनि स्पेन विश्वकपको नकआउट चरणमा पुग्न सफल भयो ।
जर्मनीलाई गोलअन्तरले पछि पार्दै स्पेन प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो ।