ट्रेण्डिङ

होमपेज / खेलकुद

यूएईविरुद्धको शृङ्खला नेपाललाई

नेपालगाथा २०७९ मंसिर २ गते शुक्रबार १५:५९:०० मा प्रकाशित

काठमाडौं । दोस्रो विकेटका लागि आसिफ शेख र ज्ञानेन्द्र मल्लले सतकीय साझेदारी गरेपछि शुक्रबार युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय शृंखलाको उपाधि जितेको छ । 

घरेलु मैदानमा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला हासिल गरेको पहिलोपल्ट हो । यसअघि गत वर्षको चैतमा पपुवा न्युगिनीविरुद्धको पहिलो घरेलु एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला नेपालले २–० ले गुमाएको थियो ।

आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि १२२ रनको साझदेरी गरेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा यूएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । 

युएईले आठ जना बलर प्रयोग गरेको थियो । आयान खान र हजरत विलालले १–१ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top