होमपेज / खेलकुद
काठमाडौं । नेपालले आज (बुधबार) पाकिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीचको खेल साँझ ५ः३० मा सुरु हुनेछ ।
फिफा प्रतिबन्धमा परेको पाकिस्तान फुटबलले नेपालसँग प्रतिस्पर्धा गर्दै तीन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा नयाँ अध्यायको सुरूआत गर्दैछ ।यसअघि नेपालले दशरथ रंगशालामा नै भएको मैत्रीपूर्ण खेलमा बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो ।
पाकिस्तान र नेपाल अन्तिम पटक सन् २०१८ मा ढाकामा आयोजना भएको साफ च्याम्पियनसिपमा आमनेसामने भएका थिए । उक्त खेलमा २-१ अन्तरमा पाकिस्तानविरुद्ध पराजित भएको नेपालक चार वर्षपछि नतिजा उल्टाउने लक्ष्यसहित मैदान उत्रिने छ ।
नेपालका कार्यबहाक मुख्य प्रशिक्षक प्रवेश कटुवालले मनोबल उच्च भएको कारण पाकिस्तानविरुद्ध जित निकाल्ने बताएका छन् ।