ट्रेण्डिङ

होमपेज / खेलकुद

खेलाडीको मृत्यु भएपछि नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ स्थगित

नेपालगाथा २०७९ आश्विन ३० गते आइतबार १४:४०:३० मा प्रकाशित

 पोखरा । खेलका क्रममा भएको दुर्घटनामा खेलाडीको मृत्यु भएपछि नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ स्थगित भएको छ ।

प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अवस्थामा अकस्मात १०० मिटर माथिबाट जमिनमा खस्दा नेपाल त्रिभुवन आर्मी क्लवका कास्कीको पोखरा महानगरपालिका– १० अस्पताल चोक बस्ने २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।

राष्ट्रिय खेलकुद परिषदको निर्देशन अनुसार प्याराग्लाइडिङ अनिश्चितकालका लागि स्थगित गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग ग्लाइडिङ संघ शैलेन्द्र राउतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top