होमपेज / खेलकुद
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन सदस्यले आज अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्दैछन् ।
डिफेन्डर पुनम जर्घा मगर, मिडफिल्डर इन्दिरा राई र दीपा राईले फाइनल खेलपश्चात सक्रिय खेल जीवनबाट विश्राम लिने निर्णय गरेका हुन् ।त्रिभुवन आर्मी क्लबमा आवद्ध तीनैजना खेलाडी शान्ति सेनामा जाने तयारीमा छन् । भविष्यको सुनिश्चितताका लागि उनीहरुले खेलभन्दा सेनाको जागिरलाई प्राथमिकतामा राखेका हुन् ।
दशरथ रंगशालामा सोमबार दक्षिण एसियाली महिला च्याम्पियनसिप (साफ)ले नयाँ विजेता पाउनेछ । उपाधि भिडन्तमा घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।