होमपेज / खेलकुद
काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि दौडमा नेपाल र बंगलादेश छन् । साफले १२ वर्षपछि नयाँ च्याम्पियन टिम पाउँदै गर्दा उपाधि आफ्नो पोल्टामा पार्न नेपाललाई त्यति सजिलो भने छैन ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशको फाइनल खेल हेर्न १० हजार भन्दा बढी दर्शकले टिकट लिइसकेका छन् ।नेपालले सेमिफाइनलमा भारतलाई १–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।
नेपालले फाइनल खेल्न लागेको यो नै पहिलोपटक भने होइन । यसअघि पनि चार पटक उपाधिका लागि प्रतिस्पर्धा गरिसकेको छ । तर, सधैँ नेपालको बाधक भारत बनेको थियो ।
बंगलादेशले प्राविधिक रुपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो । नेपाललाई घरेलु मैदान र दर्शकको राम्रो साथ छ ।