होमपेज / खेलकुद
काठमाडौं । मंगलबारदेखि दशरथ रंगशालामा सुरू हुन लागेको साफ च्याम्पियनसिपदेखि नेपाली महिला टोली उत्साही देखिन्छ । नेपाललाई पहिलोपटक साफ च्याम्पियन बनाउन उनीहरू आतुर देखिन्छन् ।
साफ महिला च्याम्पियनसिपका लागि सबै टोलीले तयारी पूरा गरेका छन् । सोमबारको प्रि–म्याच कन्फ्रेन्समा सातवटै टिमले आफ्नो तयारी र लक्ष्यबारे कुराकानी गरेका थिए।साफ महिला च्याम्पियनसिप आयोजना हुन थालेको १२ वर्ष बितिसक्दा नेपाल प्राय हरेकपटक फाइनल पुगेको छ। हालसम्म पाँच संस्करण आयोजना भएकामा नेपाल चारपटक फाइनल पुगेको छ। ती सबैमा भारतले नेपाललाई निराश बनाएको थियो ।
भदौ २१ देखि असोज ३ गतेसम्म हुने च्याम्पियनसिपको उदघाटन खेलमा घरेलु टोली नेपालले भुटानसँग खेल्नेछ । यो खेल मंगलबार साँझ पाँच बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ ।