ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपालले केन्यालाई दियो २३१ रनको चुनौती

नेपालगाथा २०७९ भाद्र १८ गते शनिबार १५:३८:१९ मा प्रकाशित

काठमाडौं ।  दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले केन्यालाई २३१ रनको चुनौती दिएको छ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २३० रन बनायो ।नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय इनिङ खेले । उनले ९५ बलमा ७ चौका प्रहार गरे।

देब खनालले ३७, सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्लले २५, बसिर अहमदले १७, अदिल अन्सारीले १४, करण केसीले ११, अर्जुन साउदले ५ रन बनाए । दीपेन्द्रसिंह ऐरी र पवन सर्राफ समान २ रनमा आट भए। केन्याले केहीबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top