ट्रेण्डिङ

होमपेज / खेलकुद

एकदिवसीय क्रिकेटमा नेपालले केन्यालाई ७ विकेटले हरायाे

नेपालगाथा २०७९ भाद्र १७ गते शुक्रबार १९:५९:०२ मा प्रकाशित

काठमाडौं । आसिफ शेखको शतकप्रेरित नेपालले आज केन्याविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा ७ विकेटको विजय हासिल गरेको छ । 

ओपनर आशिफ शेखको शतक र अर्जुन साउद बलियो साझेदारीको बलमा नेपालले पहिलो एकदिवसीयमा केन्यामाथि ७ विकेटको सानदार जित पारेको हाे।

नैरोबीस्थित जिमखाना क्लब क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाएर २१८ रन बनाएको थियो । २१९ रनको लक्ष्य नेपालले ४७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । 

 एकदिवसीय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै उच्च साझेदारी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top