होमपेज / खेलकुद
काठमाडौं । नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा केन्यासामु १७६ रनको लक्ष्य पेस गरेको छ ।
नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको हो।
नेपालले राम्रो सुरुवात गरेको थियो । ओपनिङमा आएका ज्ञानेन्द्र मल्ल र अर्जुन साउदले पहिलो विकेटको लागि ६५ रनको साझेदारी गरेका थिए ।