होमपेज / खेलकुद
काठमाडौं । नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको चौथो खेलमा १०२ रनको लक्ष्य पाएको छ ।
नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले सबै विकेट गुमाएर १०१ रन बनायो ।केन्याका लागि लुकास ओलुओचले राम्रो ब्याटिङ गर्दै खराब स्थितिबाट उकासे । उनले १८ बलमा ३३ रन बनाए । त्यस्तै, ओपनर कोलिन्स ओबुयाले २० र कप्तान शेम गोचेले १३ रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अंक पनि बनाएनन् ।
कप्तान सन्दीप लामिछाने र शाहब आलमको स्पीनर जोडी र आदिल आलमले केन्याको इनिङ्सलाई ध्वस्त बनाए । सन्दीपले खेलमा ५ विकेट लिए ।