होमपेज / खेलकुद
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कार्यबाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईं नेपाल आइपुगेका छन् ।
अमेरिका बस्दै आएका प्रशिक्षक हुमागाई अखिल नेपाल फुटबल संघ एन्फाले कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि नेपाल आएका हुन्। उनलाई आज एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईले स्वागत गरे।
नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा खेल्दैछ । यहि खेलका लागि एन्फाले कार्यबाहक मुख्य प्रशिक्षकको जिम्मा प्रदीप हुमागाईंलाई दिएको थियो ।