ट्रेण्डिङ

होमपेज / खेलकुद

खेलकुद पत्रकार मञ्च कैलालीको अध्यक्षमा पाठक

नेपालगाथा २०७९ श्रावण २८ गते शनिबार २१:२५:३३ मा प्रकाशित

काठमाडौं ।   नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक चयन  हुनुभएको छ । मञ्चको आज भएको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।

मञ्चको प्रथम उपाध्यक्षमा शङ्कर बोहरा, उपाध्यक्षमा दिनेशबहादुर विष्ट र गगन अयडी, महासचिवमा हरि जोशी, सचिवमा विराज रोश्यारा र कोषाध्यक्षमा नवराज पनेरु चयन हुनुभएको छ । सदस्यमा निराजन परियार, सविता बुढा, डिल्लीराज ओझा, पाण्डव पुजारा र निर्मला खडायत रहनुभएको छ । मञ्चको समन्वय शाखा कैलालीले बर्सेनि स्पोट्स अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको छ । कोरोना कालमा जोखिम न्यूनीकरणका लागि मञ्चका सदस्यको कोरोना बीमा पनि गरेको थियो ।  रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top