ट्रेण्डिङ

होमपेज / खेलकुद

फिफा वरीयतामा नेपाल ८ स्थान तल झर्‍यो

नेपालगाथा २०७९ असार ९ गते बिहीबार १७:५१:४४ मा प्रकाशित

काठमाडौं । नेपाल फिफा वरीयतामा एकै पटक ८ स्थान तल झरेको छ ।

 फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ ।यसअघि मार्चमा जारी भएको वरीयतामा नेपाल १६८ औं स्थानमा थियो ।नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो । 

छनोटको समूह ‘ए’ मा रहेको नेपाल जोर्डनसँग २-० ले, कुवेतसँग ४-१ ले र तेस्रो खेलमा इन्डोनेसियासँग ७-० ले पराजित भएको थियो । सोही प्रदर्शनको आधारमा नेपालको नयाँ वरीयता खस्किएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top