होमपेज / खेलकुद
काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले भुटानलाई ५० रनले हरायो ।
नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै ४४ रनमै समेटियो । भुटानको ब्याटिङमा छिरिङ जाङमोले १२ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि कविता कुँवर र संगीता राईले समान २–२ विकेट लिए । यसैगरी अस्मिना कर्मचार्य, सीता मगर र इन्दु बर्माले समान १–१ विकेट लिए ।
दोस्रो खेलमा नेपालले शनिबार कुवेतको सामना गर्नेछ ।