ट्रेण्डिङ

होमपेज / खेलकुद

फुटबलमा ५ वैकल्पिक खेलाडी राख्न पाउने कानुन पारित हुँदै

नेपालगाथा २०७९ जेठ २९ गते आइतबार १७:४१:५५ मा प्रकाशित

काठमाडौँ । सोमबार दोहामा हुने इन्टरनेशनल फुटबल एसोसिएसन बोर्ड बैठकमा फुटबलमा ५ वैकल्पिक खेलाडी उतार्न पाउने प्रावधानलाई कानुनमै ल्याइने भएको छ । फुटबलका कानुन निर्माताहरुले ५ वैकल्पिक खेलाडी मैदानमा उतार्न पाउने कानून ल्याउन लागेको बीबीसीले उल्लेख गरेको छ । 

कोभिड-१९ महामारीका कारण सन् २०२० को मे महिनामा ५ वैकल्पिक खेलाडी मैदानमा खेलाउन पाउने प्रावधान ल्याइएको थियो । र यो कानून सन् २०२२-२३ को सिजनदेखि कानुनकै रुपमा लागू हुने छ । तर सन् २०२०-२१ को सिजनमा भने इंग्लिस प्रिमियर लिगले भने ५ खेलाडीलाई वैकल्पिक खेलाडीको रुपमा उतार्न पाउने व्यस्थालाई यथावत नराखी बढीमा ३ खेलाडीलाई वैकल्पिक खेलाडीको रुपमा मात्र राख्न पाउने नियममै फर्कियो ।

सन् २०२१-२२ को सिजनमा पनि ३ बैकल्पिक खेलाडीको व्यवस्थालाई नै यथावत राखिएको थियो । तर मार्चमा भएको मतदानका क्रममा प्रिमियर लिग क्लबहरुले पनि २०२२-२३ को सिजनबाट ५ वैकल्पिक खेलाडी उतार्न पाउने विषयमा सहमत भए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top