ट्रेण्डिङ

होमपेज / खेलकुद

टी–२० शृङ्खला विजेता खेलाडीलाई जनही २ लाख पुरस्कार दिने घोषणा

नेपालगाथा २०७८ चैत्र ३० गते बुधबार १७:१०:०७ मा प्रकाशित

काठमाडौँ । त्रिकोणात्मक टी–२० शृङ्खला विजेता नेपाली क्रिकेट टिमका खेलाडीहरूलाई सरकारले जनही २ लाख रुपैयाँ पुरस्कार दिने भएको छ। आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार चैत १४ देखि २१ गतेसम्म काठमाडौँमा सम्पन्न नेपाल, पपुवा न्युगिनी र मलेसियाबिचको श्रृखंलाको उपाधि विजेता नेपाली खेलाडीहरू नगद राशिले पुरस्कृत हुने भएका हुन ।

युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले शृङ्खला विजेता खेलाडी तथा प्रशिक्षकहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । निर्णय अनुसार शृङ्खला खेलेका १६ खेलाडीले २–२ लाख नगद पुरस्कार पाउनेछन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद १ लाख ५० हजार तथा अन्य अफिसियलले जनही १ लाख रुपैयाँ प्राप्त गर्ने छन्। घरेलु मैदानमा सम्पन्न शृङ्खलामा नेपालले अपराजित रहँदै उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top