ट्रेण्डिङ

होमपेज / खेलकुद

आइपिएल : लखनउको दोस्रो जित, हैदरावादको दोस्रो हार

नेपालगाथा २०७८ चैत्र २२ गते मंगलबार ०८:३९:३२ मा प्रकाशित

काठमाडौँ । सनराइजर्स हैदरवादलाई १२ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेटमा लखनउ सुपर जायन्टले दोस्रो जित निकालेको छ । हैदरावादको भने यो लगातार दोस्रो हार हो । मुम्बईमा सोमबार राति लखनउले दिएको १७० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनायो । हैदरावादका राहुल त्रिपाठीले सर्वाधिक ४४ रन जोड्दा निकोलस पूरणले ३४ रन बनाए । लखनउका आभेस खानले ४ तथा जासन होल्डरले सर्वाधिक ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६९ रनको योगफल तयार पारेको थियो । लखनउका कप्तान केएल राहुलले सर्वाधिक ६८ रन बनाए । दीपक होडाले ५१ रनको अर्धशतकीय इनिङ खेले । प्रतियोगितामा लखनउको ३ खेलबाट ४ अङ्क छ र पाँचौँ स्थानमा छ । बिना कुनै अङ्कको हैदराबाद पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top