ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दै

नेपालगाथा २०७८ चैत्र १९ गते शनिबार ११:३९:१० मा प्रकाशित

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–ट्वेन्टी श्रृंखलामा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।  नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ। एक खेलअगावै फाइनलमा पुगेको नेपाल आज लगातार चौथो जितको खोजीमा छ। अघिल्लो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। त्यस्तै पपुवा न्युगिनी पीएनजीविरुद्धका दुवै खेलमा जित निकालेको नेपालले ३ खेलबाट ६ अंक जोडिसकेको छ। 

मलेसिया भने फाइनल प्रवेशका लागि आज जित्नै पर्ने दबाबमा छ। मलेसिया ३ खेलबाट २ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा छ। हिजोको खेलमा मलेसियालाई पराजित गर्दै पीएनजीले तालिकामा २ अंक जोडेपछि मलेसिया दबाबमा परेको हो। आजको खेलमा पराजित भए फाइनलबाट बाहिरिने भएकाले मलेसिया नेपालविरुद्ध बदला लिँदै फाइनलमा स्थान सुरक्षित गर्न आजको खेल उपयोग गर्ने प्रयासमा हुनेछ। 

त्रिकोणात्मक श्रृंखलाका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top