ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाल आईसीसी एकदिवसीय वरीयतामा दुई स्थान तल

नेपालगाथा २०७८ चैत्र १६ गते बुधबार ११:०१:४४ मा प्रकाशित

काठमाडौं। नेपाल आईसीसी एकदिवसीय वरीयतामा दुई स्थान तल झरेको छ। आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरीयता नेपाललाई स्थान १८ औं स्थानमा राखिएको छ। नेपाल ३ सय ८ अंक पाएको छ। नेपालभन्दा एक स्थान माथि नामिबिया र एक स्थान तल यूएसए छ। यसको वरीयताको शीर्ष स्थानमा इंग्ल्याण्ड छ भने दोस्रो स्थानमा अष्ट्रेलिया र तेस्रो स्थानमा भारत छ। त्यसैगरी दक्षिण अफ्रिका, पाकिस्तान र बंगलादेश क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा छन्।

अफगानिस्तान १० स्थानमा रहँदा यूएई भने १५ औं स्थानमा छ। नेपालले खेलेका पछिल्ला एकदिवसीय म्याचमा राम्रो प्रदर्शन गर्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top