ट्रेण्डिङ

होमपेज / खेलकुद

एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा उक्लियो

नेपालगाथा २०७८ चैत्र ६ गते आइतबार १०:४०:४८ मा प्रकाशित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा उक्लिएको छ। घरेलु टोली रायो भालेकानोलाई १-० ले हराउँदै एट्लेटिकोले बार्सिलोनालाई पछि पार्दै तेस्रो स्थानमा उक्लियो। एट्लेटिको म्याड्रिडको जितमा कप्तान कोकीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो। ४९औं मिनेटमा जोआओ फेलिक्सको पासमा गोल गर्न सफल भएका थिए। यो जितसँगै एट्लेटिको म्याड्रिडको २९ खेलबाट ५४ अंक पुगेको छ। दुई खेल कम खेलेको बार्सिलोनाको ५१ अंक छ। पराजित रायो भालेकानो ३२ अंक जोडेर १३औं स्थानमा रहेको छ। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top