होमपेज / खेलकुद
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को यूएईमा जारी त्रिदेशीय शृंखलामा नेपाल घरेलु टोलीसँग ४८ रनले पराजित भएको छ ।
१६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १२० रनमै अलआउट भयो ।यस प्रतियोगितामा नेपालको यो पाँचौँ हार हो । नेपाल यसअघि पनि २२ फेब्रुअरीमा सम्पन्न आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पनि यूएईसँग ६८ रनले पराजित भएको थियो । त्यो हारसँगै नेपालको ट्वान्टी–२० विश्वकप यात्रा टुंगिएको थियो ।
दुवई अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले फिल्डिङ गरेको नेपालको बलिङ प्रदर्शन उत्कृष्ट थियो । थोरै लक्ष्यमा पनि नेपाली ब्याटरहरुले संयमित प्रदर्शन गर्न सकेनन् ।