ट्रेण्डिङ

होमपेज / खेलकुद

थ्रीस्टार क्लब चौथो पटक क्वाटरफाइनल खेल्दै

झापा गोल्डकप

नेपालगाथा २०७८ फाल्गुण २४ गते मंगलबार १३:१३:१३ मा प्रकाशित

इलाम। पाँचौ संस्करणको झापा गोल्डकपमा थ्रीस्टार क्लब चौथो पटक क्वाटरफाइनल खेल्दैछ। यसअघिका तीन संस्करणमा सहभागी थ्रीस्टार हरेक पटक सेमिफाइनलसम्म पुगेको छ। यस पटक सेमिफाइनल पुग्नका लागि उसले संकटाको खड्गो काट्नुपर्ने देखिन्छ। दोस्रो सेमिफाइनल प्रवेश गर्ने होडमा मंगलवार थ्रीस्टार र संकटा क्लब आमनेसामने हुँदैछन्। पुलिसमाथि जित निकाल्दै संकटाले आफूलाई अब्बल प्रमाणित गरिसकेको छ।

अर्कोतर्फ जारी प्रतियोगितामा थ्रीस्टार पहिलो पटक मैदान उत्रिँदै छ। दुवै टोली जित निकाल्दै उपाधिको दावेदारको रुपमा रहन चाहन्छन्। झापाली मैदानमा संकटाको पहिलो सहभागिता हो। संकटा झापाली मैदानमा थ्रीस्टारविरुद्ध जित निकाल्दै सहिद स्मारक लिगको पराजयको बदला लिन चाहन्छ। लिगमा थ्रीस्टारसँग संकटा १–० ले पराजित बनेको थियो।

थ्रीस्टारले छैटौं स्थानमा रहँदै लिग समाप्त गर्दा संकटा सातौं स्थानमा रहेको थियो। संकटासँग १ भारतीयसहित ३ अफ्रिकी खेलाडी हुनेछन्। थ्रीस्टार युवा खेलाडीको साथमा क्यामरुनी र आइलिगको अनुभव बटुलेका अन्सुमान क्रोमाह समेत हुन सक्छन्। जसले लिगमा संकटालाई हराउन निर्णायक गोल गरेका थिए।

थ्रीस्टारका गोलरक्षक प्रिसो लिगमा सर्वाधिक क्लिनसिट राख्नेको सूचीमा दोस्रो स्थानमा छन्। उनले १३ खेलमा कुल ११७० मिनेट बिताउँदा ६ क्लिनसिट राखेका छन्। र‚ ४४ प्रहार बचाएका छन्। गोल स्कोरिङमा संकटाका भारतीय खेलाडी उत्तम राई माहिर मानिन्छन्। पुलिसविरुद्ध उनले नै निर्णायक गोल गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top