ट्रेण्डिङ

होमपेज / खेलकुद

युक्रेन र स्कटल्याण्डबीचको खेल स्थगित

नेपालगाथा २०७८ फाल्गुण २४ गते मंगलबार ११:३७:१८ मा प्रकाशित

 काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युक्रेन र स्कटल्याण्ड बीचको प्ले अफ सेमिफाइनल खेल स्थगित भएको छ । युक्रेन र स्कटल्याण्ड बीचको खेल मार्च २४ मा ह्याम्पडेनमा हुने तय थियो । तर, रुसले युक्रेनमा आक्रमण जारी राखेपछि युक्रेनले फिफासँग स्कटल्याण्ड विरुद्धको खेल स्थगित गर्न आग्रह गरेको थियो । यस खेल स्थगित भएपछि वेल्स र अष्ट्रियाको खेलको विजेतासँग हुने प्लेअफ फाइनल खेल पनि पछि सर्ने भएको छ ।

रुसले युक्रेनमाथि आक्रमण जारी राखेपछि हाल युक्रेनमा फुटबल गतिविधि बन्द गरिएको छ । दुबै राष्ट्रसँग छलफल गरेर स्थगित खेलको नयाँ मिति घोषणा गरिने बताइएको छ । फिफा विश्वकप आगामी नोभम्बर-डिसेम्बरमा कतारमा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top