ट्रेण्डिङ

होमपेज / खेलकुद

‘ए’ डिभिजन लिग फुटबलको यो सिजन आजदेखि सकिँदै

नेपालगाथा २०७८ फाल्गुण १४ गते शनिबार ०९:४४:१६ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको यो सिजन आजदेखि समापन हुँदैछ। शनिबार लिगको अन्तिम दिनमा तीन खेल हुँदैछन्। जसम्धये दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्स सातदोबाटोमा एक खेल हुनेछ। लिगको उपाधि विजेता र रेलिगेसनमा पर्ने टोलीको टुंगो यसअघि नै भइसकेकाले शनिबारको खेल अंक सुधारका लागि र सिजनको सुखद् अन्तको प्रयासमा क्लबहरूले एक अर्काविरुद्व प्रतिस्पर्धा गर्ने छन्। यद्यपि‚ शीर्ष तीनका पर्ने प्रयासमा क्लबहरू रहने छन्। जारी लिगमा शीर्ष तीनमा रहने टिमले नगद पुरस्कार पाउने छन्। त्यसैले शनिवार शीर्ष तीनमा रहनका लागि निर्णायक दिन समेत हो।

लिगको उपाधि मच्छिन्द्र क्लबले जित्दा च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा परेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ। आर्मीलाई हराउँदै मनाङ शीर्ष दुईमा उक्लिने प्रयास गर्दा आर्मी पनि मनाङलाई हराएर शीर्ष दुई सुरक्षित गर्ने ध्याउनमा रहेको छ। आर्मी १२ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। मनाङ १२ खेलमा २० अंक जोडेर पाँचौं स्थानमा रहेको छ।

यस्तै‚ रंगशालामा हुने दोस्रो खेलमा च्याम्पियन मच्छिन्द्र र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। लिगको अन्तिम खेलको रुपमा रहेको मच्छिन्द्र र एपिएफको खेल साढे ४ बजे सुरु हुनेछ। दुवैको लक्ष्य लिगको सुखद् अन्तको प्रयासका लागि हुनेछ। मच्छिन्द्र १२ खेलमा ३२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। एपिएफ १५ अंक जोडेर आठौं स्थानमा रहेको छ। एन्फा कम्प्लेक्समा हुने खेलमा न्यूरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो १ बजे सुरु हुनेछ। एनआरटी २० अंक जोडेर चौंथो स्थानमा रहेको छ। त्यसैले पुलिसलाई हराएर अंक तालिका सुधार्ने प्रयास एनआरटीले गर्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top