ट्रेण्डिङ

होमपेज / खेलकुद

ए डिभिजन लिगः जाउलाखेल र सङ्कटाको खेल बराबरीमा टुङ्गियो

नेपालगाथा २०७८ फाल्गुण १३ गते शुक्रबार १६:३१:०४ मा प्रकाशित

काठमाडौं ।  शहीद स्माकरक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जाउलाखेल युथ क्लब र सङ्कटा क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ । 
    
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको आफ्नो अन्तिम खेलमा जाउखेल र सङ्कटाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । जावलाखेलका लागि सुनिल खड्काले गोल गर्दा सङ्कटाका लागि भने उत्तम राईले बराबरी गोल फर्काए ।
    
खेलको १४औँ मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका हुन् । त्यस्तै खेलको ६१औँ मिनेटमा उत्तम राईले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । सङ्कटाले लिगमा १३ खेलबाट ३ जीत, ७ बराबरी र ३ हारसहित १६ अङ्क जोड्यो ।

यता जावलाखेलले १३ खेलबाट ३ जित, ५ बराबरी र ५ हारसहित १४ अङ्क जोड्यो ।
 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top