होमपेज / खेलकुद
काठमाडौं । ओमानमा जारी टी–२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा नेपालले १७६ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ ।
ओमानमा जारी सेमिफाइनलमा टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन जोडेको हो । यूएईले १७ ओभरबाट २० ओभरसम्म ५ विकेट गुमाएको थियो ।