होमपेज / खेलकुद
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायर ‘ए’मा समूहको अन्तिम खेलमा क्यानडाविरुद्ध नेपालले ८१ रनको लक्ष्य पाएको छ ।
ओमानको अलअमेरात मैदानमा समूह चरणको अन्तिम खेल हुँदा नेपालले टस हारेपछि पहिला बलिङको निम्तो पाएको थियो ।
क्यानडा १५ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटिएको हो । सन्दीप लामिछानेले ३ तथा कमलसिंह ऐरी र अविनाश बोहराले समान २-२ विकेट लिए । कुशल मल्लले एक विकेट हात पारे ।
समूहमा नेपाल २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा छ ।यो खेल जितेमा नेपाल समूह विजेता बन्दै सेमिफाइल पुग्नेछ ।